Posts

हुम्लामा तारा एयरको विमान दुर्घटना ७ जना घाइते ।

Image
खिलाराज बस्नेत  काठमाडौं, १२ मंसिर     हुम्लामा तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा परेको छ ।  हुम्लाबाट सुर्खेत उड्न लागेको उक्त विमान टेकअफ गर्ने क्रममा जहाजमा समस्या आएपछि दुर्घटनामा परेको एआईजी रणबहादुर चन्दले जानकारी दिए । उनकाअनुसार उड्नै लागेको विमान दुर्घटनामा परेको थियो । विमानमा सबै चुनावको सुरक्षामा गएका प्रहरी रहेको उनले बताए । उनकाअनुसार त्यसमा १३ जना प्रहरी र ३ जना चालक दलका सदस्य थिए । त्यसको उद्धारका लागि नेपाली सेनाको जहाज र मेडिकल टोली त्यहाँ पुगेको थियो । दुर्घटना बिहान ९ बजेर ५० मिनेटमा भएको थियो ।  कलसाइन ९ एनएबिएम रहेको विमान दुर्घटना हुँदा ७ जना घाइते भएको हुम्लाका डीएसपी कमल नेपालले जानकारी दिए ।

डाक्टर गोबिन्द के.सि. को माग जायज कि नजायज ? भोलि तपाईं हामीलाई पनि यहि समस्या आउन सक्छ । राम्रो सङ पूरा पढ्नुहोस ।

Image
खिलाराज बस्नेत  काठमाडौं मंसिर १०- डा. गोविन्द केसीको अनसन जायज कि नाजायज यो पोष्ट पढेपछि यहाँहरुलाई थाहा हुन्छ । सक्दो सेयर गरीदिन अपिल भन्दै सामाजिक सञ्जालमा दिन दुइ गुणा रात चौ गुणा म्यासेजमा पठाई भाइरल बनिरहेको छ । ” सबै ईमान्दार डाक्टर्स सित क्षमा सहित प्रार्थना…! ” वाह हरु सम्पुर्ण मा धन्यवाद इमान्दार भएर आफ्नो जिम्मेवारी निभाउनु भएको मा।।।। तर माफिया लाई खबरदार ?????????????????????????????? तपाइको बुवालाई ` हर्ट एटेक ´ भयो , डाक्टरले भन्ने गर्छ – Streptokinase इन्जेक्सन लिएर आउ , 14000 रुपैयाको … इन्जेक्सन को वास्तविक मूल्य 1000- 1100 बिच मा छ , तर त्यसमा MRP 14000 को छ ! तपाईं के गर्नुहुन्छ ? —————————– तपाइको छोरालाई टाइफाइड भयो डाक्टरले लेखिदिए , कुल 14 Monocef लाग्नेछ होलसेलमा दाम त्यसको रु. 40 छ अस्पतालको केमिस्टले तपाइलाई रु. 85 मा दिन्छ ! तपाईं के गर्नुहुन्छ ? —————————— तपाइको आमाको किड्नी फेल भएको छ हरेक तेस्रोदिन Dialysis हुने गर्छ Dialysis पछि एउटा इन्जेक्सन लाग्छ MRP सायद  रु  2900 छ , तपाईं सोच्नुहुन्छ कि बजारमा गएर ...

मतदान अधिकृत नै छाप लगाएको मतपत्र सहित भेटिए ।

Image
खिलाराज बस्नेत । नुवाकोट । निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन भनी खटिएका कर्मचारी र मतदान अधिकृत नै छाप लगाएका मतपत्रसहित भेटिएका छन् । नुवाकोट जिल्लाको क्षेत्र नं. २ स्थित ताराकेश्वर गाउँपालिका वडा नं. २ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत रुखमा छाप लगाएका ५० वटा मतपत्रसहित समातिएका हुन् ।  मतदान करिब करिब सकिन लाग्दा आज साँझ रुखमा छाप लगाएर तयार गरिएको मतपत्र मतपेटिकामा खसाल्न लागेको अवस्थामा उनी समातिएका छन् । उनलाई तत्कालै स्थानीय मतदाता र वाम गठबन्धनका कार्यकर्ताले समातेर प्रहरीलाई बुझाएका थिए । पक्राउ परेका बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय नुवाकोट पु¥याएको बताइएको छ । यस विषयमा सम्बन्धित निकाय र मुख्य निर्वाचन अधिकृतको कार्यालयलले जवाफ दिएको छैन । रंगेहात समातिएको मतपत्र प्रतिनिधि सभा, प्रदेश सभा र दुवै तर्फका समानुपातिक मतपत्रहरु रहेका छन् ।  उनी काँग्रेस निकट सक्रिय कार्यकर्तासमेत रहेको खुल्न आएको छ । तारकेश्वर गाउँपालिकाको सो क्षेत्र एमाले र माओवादीसहितको वाम गठबन्धनको बलियो ...

काठमाडौ टावरको सम्झौता पुनरावलोकन गर्दै

Image
‘काठमाडौं टावर’को सम्झौता पुनरावलोकन गर्दै महानगर २९ तले भवन निर्माण अझै अन्योलमा रविन्द्र घिमिरे 0 प्रतिक्रिया 106 SHARES Facebook Twitter Email Add caption काठमाडौं टावरको स्केच Advertismen ३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘काठमाडौं टावर’ निर्माणबारे यसअघि भएका निर्णय र सम्झौता पुनरावलोकन गर्ने भएको छ । यसका लागि निर्देशक हरि कुँवरको संयोजकत्वमा महानगरपालिकाले कार्यदल बनाएर अध्ययन गरिरहेको छ । कार्यदलले टावर निर्माणमा भएको प्रगति र ठेकेदार कम्पनीको काम गराइबारे अध्ययन गरेर सम्झौता जारी राख्ने/नराख्ने भन्नेबारे सुझावसहितको प्रतिवेदन तयार गर्नेछ । प्रतिवेदन प्राप्त हुनासाथ टावर निर्माणमा रहेका सबै अन्योल हटाउने महानगरपालिकाले जनाएको छ । Advertisment रत्नपार्कस्थित पूरानो बसपार्कमा निर्माण गर्न लागिएको टावरका सम्बन्धमा विभिन्न विवाद छन् । निर्माण-सञ्चालन-हस्तान्तरण (बुट) मोडेलमा निर्माण र २५ वर्षसम्म आफैंले सञ्चालन गर्ने जिम्मा पाएको जलेश्वर-स्वछन्द बिकोई कम्पनीले पनि टावरका लागि लगानी जुटाउन सकेको छैन । त्यसैले निर्म...