खिलाराज बस्नेत १२ मंसिर, काठमान्डौ । पहिलो चरणको मतदान सम्पन्न भएका जिल्लाहरुमा प्रशासनको मुख्य चुनौति मतपेटिकाको सुरक्षा रहेको छ । दोस्रो चरणको मतदान सम्पन्न भएपछि मात्रै मतगणना सुरु गरिने भएकाले ती मतपेटिका दलका कार्यकर्ताबाट मात्रै होइन, मुसाबाट समेत जोगाउनुपर्ने स्थिति छ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा भने मतपेटिका र मतपत्रको सुरक्षा अब दलका कार्यकर्ता र सुरक्षाकर्मीले मात्रै होइन, बिरालाको समेत सहारामा गरिनुपर्ने प्रस्ताव आएको छ । मुसाले मतपत्र काट्न सक्ने भन्दै नेकपा एमाले ताप्लेजुङका उपाध्यक्ष मात्रिका भट्टराईले मतपेटिका राखिएको कोठामा ढाडे बिरालो तैनाथ गर्नुपर्ने प्रस्ताव गरे । तर, उनको प्रस्तावमा सहमति जुटेन । सहमति के जुटेको छ भने मतपेटिका राखिएको स्थानमा सीसी क्यामेरा जडान गरिनेछ र सिलबन्दी गरी सुरक्षाकर्मी चौबीसै घण्टा तैनाथ गरिनेछ । तर, तत्कालका लागि भने सिलबन्दीमात्रै गरिएको छ । दलहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयका चारवटा कोठामा सिलबन्दी गरी राखिएका जिल्लाका सबै मतपेटिकाको निगरानी सीसी क्यामेराबाट पनि हुनुपर्ने माग गरे पनि क्यामेरा खरिदका लाग
Comments
Post a Comment