उत्तर कोरियाको नयाँ क्षेप्यास्त्रले बिस्वब्यापी चुनौती ।
तस्वीर कपीराइट खिलाराज बस्नेत १३ मंसिर, काठमाडौं । उत्तर कोरियाले प्रहार गरेको एउटा बलिस्टिक क्षेप्यास्त्र सी अफ जापानमा खस्नुअघि त्यसले एक हजार किलोमिटरको यात्रा तय गरेको छ। विगतमा प्योङयाङले 'आगो र क्रोध'को सामना गर्नुपर्ने चेतावनी दिएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले 'अहिलेको अवस्थाको हामी सामना गर्न सक्छौँ," भनेका छन्। जापानको अनुरोधमा सो क्षेप्यास्त्र परीक्षणबारे छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बुधवार बस्दैछ। क्षेप्यास्त्र परीक्षणले हालै एसिया भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले दिएका अभिव्यक्ति र आफ्नो साझेदार चीनको दबावबाट प्योङयाङ नडराएको देखिन्छ। परीक्षण पछिल्लो क्षेप्यास्त्र परीक्षण मध्यराततिर गरिएको जनाइएको छ। राजधानी प्योङयाङबाट केही उत्तरमा रहेको क्षेत्रबाट उक्त क्षेप्यास्त्र प्रहार गरिएको दक्षिण कोरियाली अधिकारीहरु बताउँछन्। उत्तर कोरिया र जापानबीचको समुन्द्रमा खस्नुअघि उक्त क्षेप्यास्त्रले झण्डै ५० मिनेट पूर्वतर्फ यात्रा गरेको थियो। उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको ६ मिनेटभित्रै दक्षिण कोरियाली सेन