खिलाराज बस्नेत काठमाडौं, १२ मंसिर विवाह गर्ने सही उमेर कुन हो ? भूगोल, रितिरिवाज, समाज अनुसार यसको जबाफमा एकरुपता नहुन सक्छ । हामीकहाँ यसको रेडिमेड जवाफ छ, ‘आफ्नो खुट्टामा उभिने भएपछि ।’ Advertisment अर्थात आफ्नो कमाइमा आश्रति हुन सक्षम भएपछि बिहे गर्न सकिन्छ । तर, शरीर विज्ञान, सामाजिक अवस्था आदिले यसो भन्दैन । बिवाहको निर्धारण आर्थिक सुरक्षाले मात्र गर्ने होइन । यसमा निश्चित उमेर समूहले खास महत्व राख्छ । किन २० बर्ष पारी, बिहेवारी ? एउटा उमेर पार गरिसकेपछि बिवाहको जुन रस र रौनक हुनुपर्छ, त्यो रहँदैन भनिन्छ । एक अध्ययनले यसै भन्छ । त्यसैले हामीकहाँ २० बर्ष पारी बिहेवारी भन्ने गरिन्छ । खासगरी महिलाको हकमा यसो भनिएको हो । २० बर्षपछि महिलाहरु शारीरिक रुपले परिपक्क हुन्छन् । उनीहरुको यौनाङ्ग र प्रजनन अंगको राम्ररी बिकास भइसकेको हुन्छ । यस्तो अवस्थामा बच्चा जन्माउनु सुरक्षित हुन्छ । साथै मानसिक रुपले पनि उनीहरु परिपक्क हुन्छन् । अर्कोतिर पढाई र करियरलाई पनि यसमा जोडिएको छ । केटाहरुको हकमा उनीहरु आर्थिक रुपले सवल वा पारिवारिक दायित्व बहन गर्न सक्षम हुनुपर्ने अघोषित मान्यता छ