Paragliding program is the most popular adaenture. https://youtu.be/addme/LD-OfLvlxovSvWyq1sbgYsjJHLxdJw
Posts
नेपालीको लागि ७००० भन्दा बढी कोटा छुट्टएको कुरा सत्य भएको इपिएस कार्यलयले बताएको छ ।
- Get link
- X
- Other Apps
नवौं कोरियाली भाषा परीक्षा जेठ अन्तिम साता २०७४ फाल्गुन १७, बिहिबार, • भाषा परीक्षाका लागि २०३४ चैत १० गतेदेखि २०५६ चैत ९ गतेभित्रको जन्म मिति भएका नेपालीले आवेदन दिनसक्ने गरि सूचना प्रकासन गर्न लागेको खुलासा – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया सरकारले आगामी वर्ष ७ हजारभन्दा बढी युवालाई रोजगारीमा लैजाने तयारी गरेको छ । नवौं भाषा परीक्षामार्फत उत्पादनमूलक क्षेत्रमा ५ हजार र कृषि तथा पशुपालनमा २ हजारभन्दा बढी युवाको माग गर्नेगरी भाषा परीक्षाको तयारी भइरहेको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ । गत वर्षको भाषा परीक्षामा पास भइ रोजगार आवेदन दिएर प्रतिक्षा सूचीमा रहेका ११ हजार नेपालीलाई छनोट गरिरहेका बेला थप कामदार लैजान नवौं भाषा परीक्षा गर्न लागिएको हो । नेपाली युवा छनोटका लागि चैतको दोस्रो साता अनलाइनमार्फत परीक्षा आवेदन माग गरिने योजना रहेको ईपीएस कोरिया शाखाका सूचना अधिकृत शोभाकर भण्डारी बताए । शाखाको अनुरोधमा कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी)ले पठाएको जानकारी अनुसार ५ हजार उत्पादनमूलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा २ हजारभन्दा बढी कामदार मा...
सोलुखुम्बुको दुधकोशीमा ह्युम पाइप लगाएर सडज पहुँच । अब काठमाडौं बाट सोताङ सम्म सिदै जान सकिने ।
- Get link
- X
- Other Apps
खिलाराज बस्नेत काठामाडौं । सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ह्युम पाईप राखेपछि दुधकोशी पारीका बासिन्दासम्म सडक पहुँच पुगेको छ । थुलुङ दुधकोशी गाउँपालिका ८ र सोताङ गाउँपालिका १ स्थित दुधकोशी नदिमा ह्युम पाईप राखे पछि काठमाण्डौ लगायत्वतका विभिन्न स्थानदेखि सोताङसम्म सडक यातायात जोडिएको हो । file picture सोलुखुम्बुको सोताङ गाउँपालिकाको ५ लाख, स्थानीय प्रकाश कार्कीको करिब ७ लाख र अन्य स्थानियको आर्थिक सहयोग र पहलमा दुधकोशीमा ह्युम पाइप राखी सडक यातायात सुचारु गरिएको सोताङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष बिष्णु थापाले जानकारी गराए । सोलुखुम्बुको कर्णाली भनेर चिनिने कोशीपारी अहिले काठमाडौंदेखी सिधै सोताङ हुदै महाकुलुङसम्म सवारी मार्फत् यात्रा गर्न पाउनु खुशीको कुरा भएको सोताङवासीले बताएका छन् । यसअघि सो दुधकोशी नदिमा झोलुङगे पुल मार्फत् यात्रुहरु पैदल यात्रा गर्न र समान ओसारपसार गर्दै आएका थिए ।
उत्तर कोरियाको नयाँ क्षेप्यास्त्रले बिस्वब्यापी चुनौती ।
- Get link
- X
- Other Apps
तस्वीर कपीराइट खिलाराज बस्नेत १३ मंसिर, काठमाडौं । उत्तर कोरियाले प्रहार गरेको एउटा बलिस्टिक क्षेप्यास्त्र सी अफ जापानमा खस्नुअघि त्यसले एक हजार किलोमिटरको यात्रा तय गरेको छ। विगतमा प्योङयाङले 'आगो र क्रोध'को सामना गर्नुपर्ने चेतावनी दिएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले 'अहिलेको अवस्थाको हामी सामना गर्न सक्छौँ," भनेका छन्। जापानको अनुरोधमा सो क्षेप्यास्त्र परीक्षणबारे छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बुधवार बस्दैछ। क्षेप्यास्त्र परीक्षणले हालै एसिया भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले दिएका अभिव्यक्ति र आफ्नो साझेदार चीनको दबावबाट प्योङयाङ नडराएको देखिन्छ। परीक्षण पछिल्लो क्षेप्यास्त्र परीक्षण मध्यराततिर गरिएको जनाइएको छ। राजधानी प्योङयाङबाट केही उत्तरमा रहेको क्षेत्रबाट उक्त क्षेप्यास्त्र प्रहार गरिएको दक्षिण कोरियाली अधिकारीहरु बताउँछन्। उत्तर कोरिया र जापानबीचको समुन्द्रमा खस्नुअघि उक्त क्षेप्यास्त्रले झण्डै ५० मिनेट पूर्वतर्फ यात्रा गरेको थियो। उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको ६ मिनेटभित्रै दक्षिण कोरियाली सेन...
ढाडे बिरालोलाई मतपत्र सुरक्षाको जिम्मेवारी ।
- Get link
- X
- Other Apps
खिलाराज बस्नेत १२ मंसिर, काठमान्डौ । पहिलो चरणको मतदान सम्पन्न भएका जिल्लाहरुमा प्रशासनको मुख्य चुनौति मतपेटिकाको सुरक्षा रहेको छ । दोस्रो चरणको मतदान सम्पन्न भएपछि मात्रै मतगणना सुरु गरिने भएकाले ती मतपेटिका दलका कार्यकर्ताबाट मात्रै होइन, मुसाबाट समेत जोगाउनुपर्ने स्थिति छ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा भने मतपेटिका र मतपत्रको सुरक्षा अब दलका कार्यकर्ता र सुरक्षाकर्मीले मात्रै होइन, बिरालाको समेत सहारामा गरिनुपर्ने प्रस्ताव आएको छ । मुसाले मतपत्र काट्न सक्ने भन्दै नेकपा एमाले ताप्लेजुङका उपाध्यक्ष मात्रिका भट्टराईले मतपेटिका राखिएको कोठामा ढाडे बिरालो तैनाथ गर्नुपर्ने प्रस्ताव गरे । तर, उनको प्रस्तावमा सहमति जुटेन । सहमति के जुटेको छ भने मतपेटिका राखिएको स्थानमा सीसी क्यामेरा जडान गरिनेछ र सिलबन्दी गरी सुरक्षाकर्मी चौबीसै घण्टा तैनाथ गरिनेछ । तर, तत्कालका लागि भने सिलबन्दीमात्रै गरिएको छ । दलहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयका चारवटा कोठामा सिलबन्दी गरी राखिएका जिल्लाका सबै मतपेटिकाको निगरानी सीसी क्यामेराबाट पनि हुनुपर्ने माग गरे पनि क्यामेरा ख...
बिहे गर्ने उपयुक्त समय कुन ?
- Get link
- X
- Other Apps
खिलाराज बस्नेत काठमाडौं, १२ मंसिर विवाह गर्ने सही उमेर कुन हो ? भूगोल, रितिरिवाज, समाज अनुसार यसको जबाफमा एकरुपता नहुन सक्छ । हामीकहाँ यसको रेडिमेड जवाफ छ, ‘आफ्नो खुट्टामा उभिने भएपछि ।’ Advertisment अर्थात आफ्नो कमाइमा आश्रति हुन सक्षम भएपछि बिहे गर्न सकिन्छ । तर, शरीर विज्ञान, सामाजिक अवस्था आदिले यसो भन्दैन । बिवाहको निर्धारण आर्थिक सुरक्षाले मात्र गर्ने होइन । यसमा निश्चित उमेर समूहले खास महत्व राख्छ । किन २० बर्ष पारी, बिहेवारी ? एउटा उमेर पार गरिसकेपछि बिवाहको जुन रस र रौनक हुनुपर्छ, त्यो रहँदैन भनिन्छ । एक अध्ययनले यसै भन्छ । त्यसैले हामीकहाँ २० बर्ष पारी बिहेवारी भन्ने गरिन्छ । खासगरी महिलाको हकमा यसो भनिएको हो । २० बर्षपछि महिलाहरु शारीरिक रुपले परिपक्क हुन्छन् । उनीहरुको यौनाङ्ग र प्रजनन अंगको राम्ररी बिकास भइसकेको हुन्छ । यस्तो अवस्थामा बच्चा जन्माउनु सुरक्षित हुन्छ । साथै मानसिक रुपले पनि उनीहरु परिपक्क हुन्छन् । अर्कोतिर पढाई र करियरलाई पनि यसमा जोडिएको छ । केटाहरुको हकमा उनीहरु आर्थिक रुपले सवल वा पारिवारिक दायित्व बहन गर्न सक्षम हुनुपर्ने अघोषित मान्यता छ ...
हुम्लामा तारा एयरको विमान दुर्घटना ७ जना घाइते ।
- Get link
- X
- Other Apps
खिलाराज बस्नेत काठमाडौं, १२ मंसिर हुम्लामा तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा परेको छ । हुम्लाबाट सुर्खेत उड्न लागेको उक्त विमान टेकअफ गर्ने क्रममा जहाजमा समस्या आएपछि दुर्घटनामा परेको एआईजी रणबहादुर चन्दले जानकारी दिए । उनकाअनुसार उड्नै लागेको विमान दुर्घटनामा परेको थियो । विमानमा सबै चुनावको सुरक्षामा गएका प्रहरी रहेको उनले बताए । उनकाअनुसार त्यसमा १३ जना प्रहरी र ३ जना चालक दलका सदस्य थिए । त्यसको उद्धारका लागि नेपाली सेनाको जहाज र मेडिकल टोली त्यहाँ पुगेको थियो । दुर्घटना बिहान ९ बजेर ५० मिनेटमा भएको थियो । कलसाइन ९ एनएबिएम रहेको विमान दुर्घटना हुँदा ७ जना घाइते भएको हुम्लाका डीएसपी कमल नेपालले जानकारी दिए ।